20.3 C
Nepal
Thursday, September 19, 2024

गोर्खाज फाइनान्सले लाभांश नबाड्ने, एजीएम आह्वान

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

साथै उक्त बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभामा कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने र संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा आगामी चैत २ गतेका लागि डाकिएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन फागुन १८ देखि चैत २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here