राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति र नागरिक बचाउ अभियानका प्रमुख दुर्गा प्रसाइले एन आइसी एसिया बैंक डुब्दैछ भनेपछी हङ्गामा भएको छ । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन -” Nic Asia Bank बैंक डुब्दै बचत कर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला !! संचालक भागे भने सहकारीका बचत कर्ता को जस्तो हालत होला !! बेलैमा होस पुराउनु होला ! “
प्रसाईले यस्तो अभिब्यक्ती दिएपछी सेयर लगानिकर्ताले कडा प्रतिकृया दिएका छन ।
लगानिकर्ता नवराज दाहाल यसको प्रतिकृया स्वरुप लेख्छन ” दुर्गा प्रसाइको मानसिक अबस्था ठिक छैन जस्तो लाग्यो … क्रीपया अस्पताल लगेर उपचार गरिदिनुहोला …. रास्ट्र बैक छ ढुक्क हुनुस केही हुदैन …… “
सेयर बजारका काका भनेर चिनिएका लगानिकर्ता केशब कोइराला प्रसाइको स्टाटसको स्क्रिनसट राख्दै लेख्छन – “बित्तिय क्षेत्रमा आक्रमण गर्ने यो पात्रलाइ तुरुन्तै पक्रेर जेल हाल सरकार। Nepal Rastra Bank ले कडा आदेश देओस।”
यता एनआइसी एसिया बैंकले भने लगातार बिग्यप्ती निकाल्दै बैंकमा कुनै समस्या नरहेको बताईरहेको छ ।