17.4 C
Nepal
Wednesday, February 18, 2026

अरुण काबेली पावर ३१.०५ करोड घाटामा

spot_imgspot_imgspot_img

अरुण काबेली पावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बिवरण अनुसार कम्पनी ३१ करोड ५ लाख रुपैयाँ घाटामा रहेको देखिएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत असार ३ गते पूर्वी नेपालमा आएको बाढीका कारण कम्पनीको काबेली बी–१ जलविद्युत परियोजना बन्द भएका कारण कम्पनीले यो त्रैमासिकमा विद्युत बिक्रीबाट कुनै पनि आम्दानी हुन सकेको छैन । यहि कारण कम्पनी घाटामा गएको हो । कम्पनीको उक्त परियोजना गत माघ १० गतेदेखि पुनःसञ्चालनमा आईसकेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म कुल २८ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ कोषको आकार २८ करोड ४३ लाख रुपैयाँले ऋणात्मक र सेयर प्रिमियम फण्ड १० करोड २८ लाख रुपैयाँ छ । कम्पनीको अल्पकालिन कर्जा ३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वर्षिक)१५.९४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९५.३४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५९.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.३६ गुणा ऋणात्मक रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here