20.3 C
Nepal
Friday, September 20, 2024

धौलागिरी लघुवित्तले यो बर्ष लाभांश नबाड्ने

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नबाड्ने भएको छ । संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो ।

साथै उक्त बैठकले संस्थाको ५ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभा आगामी चैत १ गतेका लागि डाकिएको हो । साधारण सभा प्रयोजनका लागि आगामी फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

उक्त सभामा मर्जरको विशेष प्रस्ताव पारित गरिनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनेछ ।

सभामा ४ जना संस्थापक सञ्चालक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here