20.3 C
Nepal
Friday, September 20, 2024

अरुण भ्याली हाईड्रोपावरको नाफा ५०.८८% ले घट्यो

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा ५०.८८ प्रतिशतले कमी आएको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा ८२.४४ प्रतिशतले कमी आएको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ३ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट १८ करोड २३ लाख कमाएको थियो । कम्पनीको अन्य आम्दानी भने २ करोड ४० लाखबाट बढेर १५ करेड २९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल खर्च ०.२३ प्रतिशतले बढ्दै १२ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३ करोड र कुल चालु दायित्व ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)२.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९६.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११०.३७ गुणा रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here