20.7 C
Nepal
Thursday, September 19, 2024

तारागाँउ रिजेन्सीको नाफा ७१.०७% ले बढ्यो

तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद आम्दानी पनि १४.३९ प्रतिशत बढेको छ । कम्पनी ७१ करोड ४२ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको खुद आम्दानी ६२ करोड ४३ लाख रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको सञ्चालन खर्च ३१ करोड १८ लाख र प्रशासनिक खर्च ११ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ८६ करोड १० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३७ करोड र कुल चालु दायित्व १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.६३बाट बढेर ९.६३ रुपेयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३३.०८ बाट बढेर १४५.६४ रुपैयाँ पुगेको छ । पीई अनुपात ९५.५७ गुणा रहेको कम्पनीको तरलता अनुपात १.९८ गुणा रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here