20.3 C
Nepal
Friday, September 20, 2024

सोनापुर मिनरल्स १४.९८ करोड घाटामा 

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनी १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

कम्पनीको खुद आम्दानी ९ करोड ५१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७७.०७ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ४१ करोड ५० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

कम्पनीको बिक्री तथा वितरण खर्च ७६ लाख ५६ हजार रुपैयाँले ऋणात्मक र प्रशासनिक खर्च ५ करोड ६८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार ६५ करोड ३३ लाख रुपैयाँ कायम भएके छ । जुन अघिल्लो आवको भन्दा १८.८३ प्रतिशतले कम हो ।

समीक्षा अवधिसम्म कम्पनीको प्रपतिसेयर आम्दानी ८.८१ रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here