10.2 C
Nepal
Friday, February 13, 2026

हिमालयन रि इन्स्योरेन्सको खुद नाफा ६० करोड २७ लाख रुपैयाँ

spot_imgspot_imgspot_img

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ९९.७२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३० करोड १७ लाख रुपैयाँ थियो ।


कम्पनीको खुद बीमाशुल्क आर्जन १५४.६५ प्रतिशतले वृद्धि भएर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म यो रकम ७८ करोड ३८ लाख रुपैयाँ थियो ।

कम्पनीको खर्च १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म ७३ करोड १५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको कुल आम्दानी २ अर्ब ४६ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ९२.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ७१ लाख रुपैयाँ रहेको महाविपत्ती कोषको आका्र बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार पनि ३ करोड ९३ लाखबाट बढेर ६९ करोड २८ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ३५ करोड ८१ लाखबाट बढेर ७५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको ईपीएस ८.६२ बाट बढेर १२.०५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४७.३० रुपैयाँ र पीई अनुपात ४१.३१ गुणा कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here