20.5 C
Nepal
Monday, September 16, 2024

दोहोरो अंकको घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको घटेको छ । आज नेप्से परिसूचक १०.५० अंक अर्थात ०.५० प्रतिशतले घटेर २ हजार ८२.८२ बिन्दु कायम भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दु कायम भएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड ५लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज विकास बैंक समूह ०.०९,हाईड्रो ०.२२ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढे ।

यो दिन उत्पादन तथा प्रशोधन समूहमा २.८८ प्रतिशतको गिारवट आएको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज पनि हिमालयन रिको सर्वाधिक यानिकी ६२ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

त्यस्तै एनआरएनको १२ करोड ४ लाख हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख,एनआईसी एशिया बैंकको ८ करोड ३२ लाख र हाथवे इन्भेष्टमेन्टको ८ करोड २५ लाख रुपैयाँ बढीको सेयर कारोबा भएको छ ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज समाज लघुवित्त र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढे ।

त्यस्तै गरी त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ६.७१,दोर्दी खोला जलविद्युत कम्पनीको ५.०८ र मायाखोला हाइड्रोको सेयरमूल्य ४.९० प्रतिशतले बढ्यो ।

आज युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक अर्थात ७.१४ प्रतिशतले घट्यो । यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ७.१३,गणपति लघुवित्तको ४.६६ र किसान लघुवित्तको सेयरमूल्य ४.४७ प्रतिशतले घटेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here