25.5 C
Nepal
Monday, September 29, 2025

नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने

spot_imgspot_imgspot_img

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । यसका लागी कम्पनिले आइपिओसम्बन्धी विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकोे प्रथम साधारण सभा डाकेको हो ।

सभा आगामी फागुन २१ गते भरतपुर चितवनमा रहेको महर्जन कम्प्लेक्समा बिहान ११ बजे आयोजना हुनेछ ।

उक्त सभामा कम्पनीको चुक्तापूँजी रु.७५ करोडबाट ३० प्रतिशत आईपीओ सर्वसाधारणलाई जारी गर्ने सेयरधनीहरुसँग स्वीकृती लिने र आवशयक कार्यका लासगि सञ्चालक समितिलाई अख्तिपारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिुका सार्थ सञ्चालक समितिको गठन तथा स्वतन्त्र सञ्चालको नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here