20.5 C
Nepal
Monday, September 16, 2024

उद्योगपति अरुण चौधरीसहित तीनजना रिहा

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगपति अरुण चौधरी रिहा भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छोरा करण चौधरीको रोहबरमा उद्योगपति चौधरीलाई बुधबार थुनामुक्त गरेको हो।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार चौधरी लगायत सोही प्रकरणमा पक्राउ गरेकाहरुलाई २ दिनभन्दा बढी समय राखेर अनुसन्धान गर्नु नपर्ने भए हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । अदालतको सोही आदेशअनुसार उद्योगपति चौधरीलाई छोराको जिम्मा लगाएर पठाइएको सीआईबीले जनाएको छ ।

सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह, च्याम्पियन फूटवेयर प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । पक्राउ परेको ७ दिनमा तीनैजना छुटेका हुन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here