11.2 C
Nepal
Tuesday, February 17, 2026

युनाइटेड इदि मदिको नाफा २ करोड २० लाख रुपैयाँ

spot_imgspot_imgspot_img

युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.१९ प्रतिशत घटी हो । अघिल्लो आवको को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड ७६ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी ७.४८ प्रतिशतले घटेर ९ करोड ४३ लाख रुपैयाँ भएको देखिन्छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७९ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको आयोजना खर्च घटेर ७८ लाख ९८ हजार रुपैयाँ भएको छ । त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च ५.८९ प्रतिशतले घटेर १ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको दीर्घकालिन ऋण ९१ करोडढ ७३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी(ईपीएस) १०.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.२५ र मूल्य आम्दानी अनुपात ३९.५३६५ गुणा रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here