11.2 C
Nepal
Tuesday, February 17, 2026

वरुण हाईड्रोपावर ३.७३ करोड घाटामा

spot_imgspot_imgspot_img

वरुण हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख रुपैयाँ घाटा खाएको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १ करोड ६५ लाख रुपैयाँ नाफामा थियो । गत असार २ गतेको बाढीले हेवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द हुँदा कम्पनी घाटामा गएको हो ।

समीक्षा अवधिसम्म कम्पनीको आयोजना खर्च बढेर १ करोड १७ लाख रुपैयाँ पुगेको देखिन्छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म यो खर्च ५० लाख १४ हजार रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्चमा भने ६४.८९ प्रतिशतले घट्दै ६४ लाख ४२ हजार रुपैयाँ भएको छ । कम्पनीको रिटेन्ड अर्निङ २ करोड १२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१३.९४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १०४.२० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४०.०७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८.३६ गुणा ऋणात्मक र तरलता अनुपात ८.८३ गुणा कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here