20.6 C
Nepal
Thursday, September 19, 2024

अकामा होटलले आईपीओ निष्कासन गर्दै, बोलायो विशेष साधारण सभा

अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २४ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा धुम्बाराही काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजे आयोजना हुनेछ ।

उक्त विशेष सभामा कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको हाल कायम रहेको अंकित मूल्य रु.१०० को सेयर पूँजीलाई अंकित मूल्य रु.५० मा विभाजन गर्ने प्रस्ताव पारित गरिनेछ साथै सर्वसाधारणलाई सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here