20.5 C
Nepal
Monday, September 16, 2024

यि हुन राष्ट्र बैंकले सार्वजनिक गरेको देशको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रमुख झलक

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थाका प्रमुख झलक यस्ता छन्:

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।
आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेकोछ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडलेबचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति रु.१८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ ।
नेपाल सरकारको खर्च रु.५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु.४९६ अर्ब ५० करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here