21.7 C
Nepal
Thursday, September 19, 2024

स्वरोजगार लघुवित्तको नाफा २२.४१% ले घट्यो

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २२.४१ प्रतिशतले घटेको छ । कम्पनिले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिमा संस्थाको खुद नाफा ५ करोड ४ लाख रुपैयाँ थियो ।

कम्पनिको खुद ब्याज आम्दानी समेत ७.११ प्रतिशतले घटेर ४९ करोड २५ लाख रुपैयाँ कायम भएको छ । कम्पनिको कर्मचारी खर्च ४.११ प्रतिशतले घट्दै ११ करोड ८ लाख रुपैयाँ भएको छ । अन्य सञ्चालन खर्च भने १४.१४ प्रतिशतले बढ्दै ५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनिले ३ अर्ब ४६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने कर्जा ७ अर्ब ६० करोड कर्जा प्रवाह गरेको छ । कम्पनिको रिजर्भको आकार ५.१२ प्रतिशतले बढ्दै १६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(वार्षिकीकरण) १२.४९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५२.७५ गुणा,प्रतिसेयर नेटवर्थ १४२.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०१.०५ रुपैयाँ र तरलता अनुपात ७.८९ प्रतिशत कायम भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here