11.2 C
Nepal
Tuesday, February 17, 2026

नेशनल लाइफको नाफा १६.९१% ले वढ्यो, खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब

spot_imgspot_imgspot_img

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४६ प्रतिशतले धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ अर्ब ६९करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम २ अर्ब ३५ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा बढेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी २५ करोड ५१ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १६.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड ८२ लाख ४८ हजार

रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको सञ्चालन खर्च बढेको छ।

कम्पनीको सञ्चालन खर्च ३८ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको अन्य सञ्चालन खर्च ३६ करोड २ लाख रुपैयाँ थियो।

त्यस्तै अघिल्लो आर्थिक वर्ष ३७ करोड ५५ लाख रुपैयाँको रहेको कम्पनीको सञ्चित आमदानी बढेर ६० करोड १८ लाख रुपैयाँमा पुगेको छ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १०.१८ रुपैयाँ, पीई अनुपात ५९.२२ गुणा, प्रतिसेयर नेटवर्थ १३२.२१ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here