20.6 C
Nepal
Thursday, September 19, 2024

लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नेशनल हाइड्रो पावर कम्पनी(एनएचपीसी) प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो ।

उक्त कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १३ लाख ५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात् १५ लाख ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने बतााएको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here