17.9 C
Nepal
Monday, September 29, 2025

राष्ट्र बैंकले आज बोलकबोल मार्फत बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। राष्ट्र बैंकले १४ दिनका लागि अपरान्ह २ बजे बोलकबोल गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। यो निक्षेप संकलन उपकरणको आगामी माघ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने पनि राष्ट्र बैंकले बताएको छ।

बुधबार पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट संकलन गरेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here