20.5 C
Nepal
Monday, September 16, 2024

अत्यधिक तरलता भएपछि ३० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

बजारमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले माघ ३ गते ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेश गर्न सक्ने बताएको छ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । राष्ट्र बैंकले अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरणमार्फत् खिचेको तरलता ६५ अर्ब ३५ करोड बाँकी छ ।

बुधबार थप ३० अर्ब रुपैयाँ खिच्न लागिएको हो । माघ ३ गते २५ अर्ब रुपैयाँको निक्षेप परिपक्व हुने भएकोले केन्द्रीय बैंकले ३० अर्बको अर्को निक्षेप संकलन बोलकबोल गर्न लागेको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here