12 C
Nepal
Tuesday, February 10, 2026

घलेम्दी हाईड्रोको अवितरित हकप्रद सेयर लिलाम बिक्री गरिने

spot_imgspot_imgspot_img

घलेम्दी हाईड्रो लिमिटेडको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामबिक्री गर्ने निर्णय गरेको छ ।

कम्पनीले गत गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म निष्कासन गरेको २०० प्रतिशत(१ः२) हकप्रदमध्ये आवेदन नपरेको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर बोलकबोल गरेर बिक्री गर्न लागेको हो ।

यसका लागि माघ ९ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएकाले लगानीकर्ताले सो मूल्यभन्दा बढी रकम अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन ।

लगानीकर्ताले नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी विर्तामोड बाग्लुङ,घोराही दाङ,महेन्द्रनगर बेनी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा आवेदन पेश गर्नुपर्नेछ ।

यो लिलामी सेयरको बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले माघ २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here