19.3 C
Nepal
Tuesday, September 17, 2024

४ ठुला उद्योगको बिजुली प्राधिकरणले काटिदिएपछी महासङ्घले आकस्मिक बैठक बोलायो

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बिध्युत महसुल नतिरेको भन्दै चार ठुला उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिक बैठक बोलाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बक्यौता रकम नदिएको भन्दै प्रधानमन्त्रिको निर्देसनमा शुक्रबार चार उद्योगको डेडिकेटेड र ट्रंक लाइनको बिजुलीको लाइन काटिदिएको थियो ।

प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको बिजुलिको लाइन काटेको हो । यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको बताईएको छ ।

पटक–पटक बिजुलीको बिल तिर्न ताकेता गरेपनी अटेर गरेपछी प्राधिकरण बिजुली काटेको जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशन बमोजिम ठुला उद्योगहरूको लाइन काटेपछि त्यसमाथी आफ्नो धारणा बनाउन महासङ्घले बैठक बोलाएको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here