23.1 C
Nepal
Sunday, September 28, 2025

चन्द्रागिरी हिल्सको सस्थापक समुहको सेयरको लकइन खुल्दै

spot_imgspot_imgspot_img

चन्द्रागिरी हिल्स लिमिटेडको सेयरको लकइन आगामी माघ ८ गते सकिन लागेको छ ।

कम्पनीले संस्थापकतर्फको सेयर, स्थानीय वासिन्दातर्फको सेयर सेयर र कम्पनीका कर्मचारीको पाएको सेयरको लक इन माघ ८ गते समाप्त हुन लागेको कम्पनिले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीका अनुसार स्थापकतर्फको १ करोड ३५ लाख कित्ता, स्थानीयवासीको ३ लाख ६ हजार ८१९ कित्ता र ६१ हजार ३६४ कित्ता सेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २५० कित्ता सेयरको लक इन अवधि खुल्ने भएको हो ।

लक इन अवधि खुलेपछि हाल लकइनमा रहेको सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ।

‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिए अनुरुप कम्पनीले सोबारे जानकारी गराएको हो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here