24.6 C
Nepal
Friday, March 14, 2025

दोहोरो अङ्कले घट्यो सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ३२.७७ अंकले घटेर २ हजार १०९.१० को विन्दुमा बन्द भएको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ३९६.६२ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीका १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

धेरै कमाउने र धेरै गुमाउने
यो दिन बोटलर्स नेपाल(बालाजु),आशा लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर,भिजन लुम्बिनी ऊर्जा कम्पनी,मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, मान्डू हाइड्रोपावर र नेपाल वेयरहाउजिङ्गको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

ती कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

यो दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.४४ प्रतिशतले घटेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.२६ प्रतिशतले घटेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here