21.2 C
Nepal
Monday, September 16, 2024

लुम्बिनी केबल कारले आईपीओ निष्कासन गर्ने तयारी, साधारणसभा बस्दै

लुम्बिनी केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा पेस गर्दै छ ।

उक्त सभा होटल हिमालय लाजिम्पाट, काठमाण्डौमा विहान ९ बजेदेखि सुरु हुने गरी राख्ने निर्णय भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

त्यस्तै उक्त सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here