15.6 C
Nepal
Wednesday, February 5, 2025

बल्खुमा प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीसहित २८ जना घाइते

काठमाडौँको बल्खुमा आज भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन्भने  छजनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।

उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो  ।  RSS

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here