17.9 C
Nepal
Monday, September 29, 2025

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था

spot_imgspot_imgspot_img

बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ ।

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा उक्त कम्पनीलाई सम्मान गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here