15.6 C
Nepal
Wednesday, February 5, 2025

सोल्टी होटलको नाफा ८ % ले घट्यो

सोल्टी होटलको नाफा ८.६३ प्रतिशतले घटेको छ ।

सोल्टी होटलले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार होटलले १० करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिमा होटलले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा होटलको नाफामा ८.६३ प्रतिशतको घटेको देखिन्छ ।

यस कम्पनिको कुल आम्दानी ३.८४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा ३९ करोड ९६ लाख रुपैया मात्र आर्जन गरेको छ।

होटलको कुल खर्च २८ करोड १ लाख रुपैयाँ रहेको छ ।

सोल्टी होटलको प्रतिसेयर आम्दानी (ईपीएस) १.१६ रुपैयाँ रहेको देखिन्छ । पीई रेसियो ३३९.७४ गुणा रहेको छ भने यस कम्पनिको प्रतिसेयर नेटवर्थ २४.९७ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here