8.1 C
Nepal
Saturday, January 18, 2025

अरुण भ्याली हाइड्रोपावरको नाफा ४७.९९% ले घट्यो

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसरी हेर्दा कम्पनिको नाफामा ४७.९९ प्रतिशतको कमी आएको हो ।

प्रथम त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८६.५६ प्रतिशतले कमी १ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले निर्माण गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना (९.९४ मे.वा.)मा बाढीका कारण क्षति भएकोले हाल विद्युत उत्पादन कार्य बन्द रहेका कारण नाफा घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२.०६ प्रतिशतल बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७१.४७ गुणा र प्रतिसेयर नेटवर्थ १०४.१२ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here