25.5 C
Nepal
Monday, September 29, 2025

चन्द्रागिरी हिल्सको नाफामा ६३.०७%ले बढ्यो

spot_imgspot_imgspot_img

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ६३.०७ प्रतिशतले बढी हो ।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.५९ प्रतिशतले बढेर २० करोड ६१ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ तथा सरप्लस २१ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.३९ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.११ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here