8.5 C
Nepal
Friday, January 17, 2025

दोहोरो अङ्कले घट्यो सेयर बजार, कारोबार रकम ८३ करोड माथि

आज सेयर बजार ११.८५ अङ्कले घटेको छ । आज ०.६३ प्रतिसतले घट्दै सेयर बजार १८५२.०८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ५७ कम्पनिको मुल्य बढेको छ भने १७५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ८३ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सयपत्री हाइड्रो, ओरियन्टल होटल, समाज लघुबित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा माउन्टेन ईनर्जी, नेपाल एसबीआइ बैंक, माया खोला हाइड्रो, बुद्ध भुमी नेपाल हाइड्रो, मेन्चियाम हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोनापुर मिनरल्स, सोल्टी होटल, हाथ्वे इन्भेस्ट्मेन्ट, तारागाउ रेजेन्सी होटल, सानीमा जिआइसी इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here