20.6 C
Nepal
Thursday, September 19, 2024

मौद्रिक नीति खुुकुलो बनाउनुपर्ने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री डा प्रकाशसरण महतले अब केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई खुकुलो बनाउँदै लैजानु पर्ने भनाइ राखेका छन । उनले एशिया प्रशान्त क्षेत्रका बैंकरहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न अधिकांश देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाई गरेको र अवको अवस्था सहज बन्दै गएकोले मौद्रिक नीति खुुकुलो बनाउँदै लैजानुपर्ने धारणा राखेका हुन ।

अर्थमन्त्री महतले उच्च ब्याजदरका कारण नेपाल जस्ता देशको आर्थिक बृद्धिदर सुस्त बनेको र यसले निजी क्षेत्रको मनोबल गिराउने काम गरेकोमा चिन्ता व्यक्त गरे ।

उनले अगाडि भने,‘नेपालमा उत्पादित १० हजार मेगावाट विद्युत् भारतले खरिद गरिदिने सम्झौता भइसकेको छ,यसमा लगानीको वातावरण बनेमा तपाईं बैंकरहरुको लगानीले पनि राम्रो प्रतिफल पाउने छ ।’

अर्थमन्त्री महतले बढ्दो डिजिटल बैकिङसँगै चुनौतीहरु पनि थपिरहेको भन्दै यस्ता साझा समस्याको डटेर समाधान गर्ने गरी सम्मेलनले ठोस रोडम्याप तय गर्नुपर्ने बताए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here