22.6 C
Nepal
Thursday, September 19, 2024

नेप्सेमा सूचीकृत भयो माथिल्लो मैलुङ खोला, ओपनिङ रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ।

कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख कित्ता गरी कुल १ करोड सेयर नेप्सेमा सूचीकृत भएको हो।

यस कम्पनिका लागि नेप्सेले पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ।

कम्पनीको सेयर कारोबार एमएमकेजेएल स्टक संकेतमा हुनेछ।

कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको सेयर कारोबार तिहार पछिको पहिलो कारोबार दिन स्पेशल प्रि ओपन सेसनपछि हुने छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here