20.6 C
Nepal
Thursday, September 19, 2024

कांग्रेसले बारा-२ मा उपेन्द्रलाई सघाउने, चितवन-२ मा जितनारायणलाई उठाउने

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले बारा क्षेत्र नम्‍बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। 

बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको उक्त बैठकले जसपाका अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको हो। यस क्षेत्रमा यसअघि जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति भएसँगै यादवले उक्त ठाउँबाट निर्वाचन लड्न लागेका हुन्। 

चितवन क्षेत्र नम्बर २मा भने पार्टीका चितवन पूर्व सभापति जितनारायण श्रेष्ठलाई उम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको हो। 

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here