11 C
Nepal
Friday, November 14, 2025

जाजरकोट भूकम्प प्रभावितका लागि एनआईसी एशिया बैंकले ५१ लाख सहयोग गर्ने

spot_imgspot_imgspot_img

जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एनआई सी एशिया बैंकले ५१ लाख सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख जम्मा गर्ने घोषणा गर्ने भएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको उद्दार तथा राहत वितरणका लागी प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो ।

भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा भएको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम उपलब्ध गराउने घोषणा गरेको कम्पनीले बताएको छ ।

साथै कम्पनीले उक्त विनासकारी भूकम्पमा परी ज्यान गुमाएका सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here