25.2 C
Nepal
Wednesday, February 5, 2025

एनसेलले भूकम्प प्रभावितका लागि ५० लाख सहयोग गर्ने घोषणा

मोबाइल सेवा प्रदायक एनसेलले हिजो राती गएको भुकम्पका प्रभाबितको उद्धार तथा राहतको लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

कम्पनीले ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्‍चिम र रुकुम पूर्वमा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराएको छ ।

यसबाट देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने छ भने इन्टर्नेट फ्हलाउन र एसएमएस गर्न सकिने छ ।

‘एनसेल आजियाटा शुक्रबार रातिको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको जानकारी गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here