17.9 C
Nepal
Monday, September 29, 2025

गोर्खाज फाइनान्सको नाफा ८५%ले बढ्यो

spot_imgspot_imgspot_img

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गोर्खाज फाइनान्सको राम्रो प्रदर्सन गरेको छ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको ६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ३७ लाख रुपैयाँ भएको छ।

कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.८९ प्रतिशत पुगेको छ खराब कर्जा मेन्टन गर्न कम्पनीले १ करोड ८५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ।

कम्पनीले ७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्तापुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ ९६ करोड ९५ लाख रुपैया रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८५.२१ प्रतिशतले बढेर २८.४३ रुपैयाँ पुगेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here