हिमालयन बैंक लिमीटेडका सञ्चालकहरुबीचको कुरा नमिलेपछी अदालतसम्म कुरा पुगेको छ ।
सेयर अनुपात विषयमा कुरा नमिलेपछी लफडा फेरी सुरु भएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण शेयरधनीको कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत सेयर स्वामित्व हुनुपर्छ । तर, हिमालयन बैंकमा हाल सर्वसाधारणको सेयर स्वामित्व २७ प्रतिशत मात्र छ ।
कानूनी व्यवस्थाअनुसार ३ प्रतिसत सर्बसाधारणको सेयर अपुग भएपछी यो बिषय अदालतसम्म पुगेको हो ।
हिमालयन बैंकको एक संस्थापक म्युचुअल ट्रेडिङको तर्फबाट बैंकको साधारणसभाअघि नै सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था कार्यान्वयनको माग गर्दै घटस्थापनाअघि उच्च अदालत पाटनमा मुद्दा परेको हो ।
रिटमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण शेयरधनीको कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट संचालक चयन गर्न माग गरिएको छ ।
मुद्दामा बैंकका केही निहीत स्वार्थ भएका संचालकहरुले सर्वसाधारण शेयरधनीका तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ ।