साताको दोस्रो कारोबार दिन सोमबार सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चादिको मुल्य पनि घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।




