22.9 C
Nepal
Tuesday, September 17, 2024

राष्ट्र बैंकले रु २७.६६ अर्बको ट्रेजरी बिल नवीकरण गर्ने , सोमबार बोलकबोल हुने

नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यी ट्रेजरी बिल क्रमशः मंसिर १२ गते, माघ १६ गते, २०८१ वैशाख १८ गते र २०८१ कात्तिक १३ गते परिपक्व हुन लागेका हुन ।

सोमबार दिउँसो १२ः३० बजे अनलाइनका माध्यमबाट यसको बोलकबोल हुनेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here