22.6 C
Nepal
Thursday, September 19, 2024

लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएका छन् ।

लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए ।

महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए ।

धनुषा ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।

बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद  रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।

जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ ।

यादव गत चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

उनै राउतले उम्मेदवार बनाउन भन्दै शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेका छन् ।

४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here