19.9 C
Nepal
Sunday, September 28, 2025

राष्ट्र बैंकले बैंकहरुमा लगानी गर्ने, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

spot_imgspot_imgspot_img

बैंक तथा वित्तीय संस्थाहरुमा नेपाल राष्ट्र बैंकले १७ करोड ६७ लाख रुपैयाँ निक्षेप लगानी गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम निक्षेपमा राख्न लागेको हो । केन्द्रीय बैंकले उक्त रकममध्ये १४ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ८८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा राख्न लागेको हो ।

आउँदो मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म ३६५ दिनका लागि मुद्दति निक्षेपमा राख्नका लागि ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

इच्छुक बैंकले कात्तिक १४ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताब गरिसक्नु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here