नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने पक्का भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो ।
राष्ट्र बैंकले गत दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति दिदै कात्तिक ३ गते पत्र पठाएको हो। यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो।
दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएर गत वैशाख १० गते आयोजित विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति दिईसकेको छ।
यी दुवै लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुनेछन ।
मर्जर भएपछी संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुनेछ ।
संस्थाको रजिस्र्टर्ड कार्यालय काभ्रेको बनेपामा तथा कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ र ललितपुर महानगरपालिकाबाहिर रहनेछ।