27.3 C
Nepal
Tuesday, September 17, 2024

भिजन लुम्बिनी उर्जाको आईपीओ सर्बसाधारणका लागि कात्तिक १६ गतेदेखि निस्कासन हुने

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीले यस अधि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरिसकेको छ ।

यस जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस कम्पनिको आइपिओमा न्यूनतम १० कित्ता अधिकतममा ३ लाख ८० हजार कित्तासम्म आबेदन दिन सकिन्छ ।

यस कम्पनिको आइपिओ निष्काशन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गते हुनेछ ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यस कम्पनिलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here