11.6 C
Nepal
Friday, November 22, 2024

बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता कति ?

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले सोमबार कम्पनीलाई प्रतिकित्ता ४०१ रुपैयाँका दरले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अब कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने छन् । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँसम्म निष्कासन गर्न प्रस्ताव गरेको थियो ।

कम्पनीको आधार मूल्य ५०१ रुपैयाँ तय गरी बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जानसक्ने गरी ६०१ रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ बिधिबाट आईपीओ निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट लिएको आशयकमूल्यका आधारमा आधार मूल्यमा २० प्रतिशत थप गरी हुने माथिल्लो सीमा ७५१ रुपैयाँ ५० पैसा र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी बोर्डमा आवेदन दिएको थियो । तर, उक्त मूल्य भन्दा कममा बोर्डले स्वीकृति दिएको हो ।

सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने पहिलो कम्पनी भएको छ । अब कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट आईपीओको लागि आन्ह्वान गर्नेछ । a

सर्वोत्तम सिमेन्टको बुक बिलिडङ विधिमा आईपीओ निष्काशन र सोही कम्पनीको सेयर खरिद प्रकरणले नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त भएका थिए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here