20 C
Nepal
Monday, September 29, 2025

शिवम होल्डिङग्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न भन्दै बोलायो साधारण सभा

spot_imgspot_imgspot_img

शिवम होल्डिङग्स लिमिटेडले प्रिमियम मुल्यमा जारी गर्ने मुख्य प्रस्ताब सहित आगामी कात्तिक २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।

यस कम्पनिको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय अनामनगर, काठमाण्डौमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले कम्पनीको जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड १६ लाख किता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्ने तयारी रहेको छ ।

त्यस्तै उक्त साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा समेतबाट हाल कायम सेयरधनीहरुलाई चार प्रतिशतका दरले १७ करोड ४४ लाख नगद लाभांश दिने प्रस्ताव पारीत गर्ने तयारी गरेको छ ।
त्यस्तै सभाले कम्पनीको सञ्चालकमा सात जना रहेकोमा घटाएर पाँच जना कायम गर्ने तयारी गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here