20.7 C
Nepal
Thursday, September 19, 2024

बुक भ्यालु १.१ भएको दिव्यश्वरी हाइड्रोपावरले २००% हकप्रद ल्याउने

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ ।

यस अघीको १०० प्रतिसत हकप्रद सेयर जारी गर्ने निर्णय उल्ट्याउदै कम्पनिले यस्तो निर्णय गरेको हो ।

यसअघि गत असार १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो।

प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

हकप्रद निष्कासनबाट प्राप्त हुने पुँजीमध्ये पाँच खपन हाइड्रोपावरमा ५१ प्रतिशत लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ। बाँकी रकम बैंकबाट लिएको दीर्घकालीन कर्जाको भुक्तानी गर्ने निर्णय कम्पनीले गरेको छ।

यस कम्पनिको बुक भ्यालु अर्थात किताबी मुल्य १.११ रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here