27.5 C
Nepal
Tuesday, September 17, 2024

८औं महिनामा १० खर्ब नाघ्यो आयात ,निर्यात १ खर्ब पार,

 चालु आर्थिक वर्ष (आव) २०७९/८० को सुरुवातबाटै खस्किएको वैदेशिक व्यापार ८औं महिनामा आइपुग्दा पनि उही प्रवृत्ति देखिएको छ । वस्तु आयात र निर्यात दुवै खुम्चिएको यो वर्ष कुल वैदेशिक व्यापार, व्यापार घाटा र भन्सार राजस्वमा समेत ठूलो गिरावट आएको छ । यसरी समग्रमा वैदेशिक व्यापारका सूचक ऋणात्मक देखिएका छन् ।

भन्सार विभागका अनुसार चालु आवको ८ औं महिना (साउन–फागुन) पुरा हुँदा नेपालले साढे १० खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस अवधिमा निर्यातको आंकडा समेत १ खर्ब नाघेको छ । यस वर्ष आयात १९.१३, निर्यात २९.०७ ले कमी आएको छ । आयातमा आएको गिरावटले व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७.८६ प्रतिशतले कम भएको छ । समग्र वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here