8.1 C
Nepal
Saturday, January 18, 2025

चिलिमे इन्जिनियरिङ(चेस्को)ले आईपीओ जारी गर्ने

चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले आइपिओ जारी गर्ने भएको छ । यसका लागि कम्पनिले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ ।

सेयर निष्कासन गर्ने प्रायोजनका लागि पाएको अहिलेको रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको जनाउँछ ।

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ।

सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यका साथ आईपीओ निष्कासन गर्न लागेको कम्पनिको भनाइ छ । करिब ७ वर्षदेखि परामर्श सेवा दिंदै आएको यो कम्पनी चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनी हो ।

चेस्कोले इन्जिनियरिङसँग सम्बन्धित आयोजनाको पहिचानदेखि लिएर, सुपर भिजन, सञ्चालन र मर्मत, वातावरणीय अध्ययन तथा आयोजनाको लागि विभिन्न सेवाहरू दिंदै आएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here