बिभिन्न पाँच ओटा कम्पनीले आईपीओ निष्कासन गर्ने निर्णय गरेका छन । त्यसका लागी यि कम्पनिले बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
जगदम्बा स्टिल कम्पनीले १०० रुपैयाँ अंकित मूल्य र २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। त्यसका लागि आबस्यक प्रकृया कम्पनिले अगाडि बढाएको छ । यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्ने भएको छ , त्यसका लागि आबस्यक प्रकृया कम्पनिले अगाडि बढाएको छ । यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, माविलुङ इनर्जि लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको छ। कम्पनिले आइपिओ निस्कासनका लागि बोर्डमा निबेदन दिएको छ । यसैगरी, एम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्ने निर्णय गर्दै आबस्यक प्रकृया अगाडि बढाएको छ। कम्पनिले बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ।